इटहरी उपमहानगरका मेयर चौधरी संक्रमितको घर घर पुग्दै

इटहरी । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले होमआइसोलेसनमा वसेका कोरोना संक्रमितहरुको घर घरमा पुगेर मनोबल बढाउने गर्नुभएको छ ।

मेयर चौधरीले स्थाथ्यकर्मी टोलीसहित होमआइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै मनोबलसमेत बढाउने गर्नुभएको हो ।

वाड १३, १६ र १७ का होमआइसोलेसनमा बसेका संक्रमिततहरुले मेयर आफै स्वास्थ्यकर्मीको टोली लिएर स्वास्थ्य अवस्था बुझ्न घरमै आइपुग्दा त आध विरामी त्यतिकै ठीक भए जस्तो अनुभुतित हुने गरेको बताउनु हुन्छ ।

मेयर चौधरीले जनप्रतिनिधि भएपछि संकटको बेला जनताको साथमा भएको महसुस गराउने दायित्व भएको बताउनुभयो ।

‘संकटको बेला समस्यामा परेको बेला ठाउँमै गएपछि वास्तविक समस्या बुझन र बुझाउन सकिने भएकोले संक्रमितको घर घरमा गएर अवस्था बुझ्ने गरेको छु,’ उहाँले भन्नुभयो, ‘होमआइसोलेसनमा बसेकाहरुको निगरानीका लागि स्वास्थ्यकर्मी तथा कर्मचारी खटिएको छ, उहाँहरुले कस्तो काम गरिरहनु भएको छ भन्ने अनुगमननका लागि पनि गइरहेको छु ।’

जनताको घरमा पुगेपछि उपमहानगर हाम्रो साथ छ भन्ने आशा र भरोसा पनि जागेको र त्यसले संक्रमित बिरामीको मनोबलसमेत बढ्ने गरेको चौधरीको भनाई छ ।

उहाँले माथिल्लो तहका भनाउँदाहरु संकटमा परेका व्यक्तिको घरदैलौमा पुगेर केही नदिदाँ पनि उहाँहरुले ठूलो राहत महशुस गरेको पाइएको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker