वैकल्पिक विधिबाट एसईई परिक्षा गराउन परिक्षा बोर्डको पहल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि पहल थालेको छ । यसका लागि बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

कोभिडको महामारी लम्बिँदै गएकाले एसईई परीक्षा वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि यस्तो आग्रह गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताउनुभएको छ ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित हुन पुगेको छ । जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो ।

५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् । भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेको छ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन गर्ने कार्यतालिका थियो । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker