एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर । फिदिम नगरपालिका ३ मा गएराती एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । याङबरक २ की ५० वर्षीया ममता राईको मृत्यु भएको हो ।

फिदिमतर्फ आउँदै गरेको प्र१–०१–००१च ७७०६ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार घाइते राईको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी पाँचथरले जनाएको छ ।

एम्बुलेन्समा सवार याङबरक २ का १९ वर्षीय हेमन्त लिम्बू र ताप्लेजुङको सिदिङवा ३ का ५५ वर्षीय डोडकुमार राई सामान्य भाइते भएको प्रहरीले जनाएको छ । उम्बुलेन्स चालक हिलिहाङ २ का २८ वर्षीय विरेन्द्र धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker