केही कालो कोटधारीले न्यायाधिस छान्नेदेखि फैसला दिनेसम्म भन्दै छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध भइरहेको सुनुवाइमा केही कालो कोटधारीहरुले न्यायाधिस छान्नेदेखि फैसलासम्म दिने कुरा गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

युवा संघको बैठकमा आज उहाँले कालोकोटधारीहरुले चाहेको न्यायाधिस र फैसला खोजेर न्यायालयलाई कहाँ पुर्‍याउन खोज्दै छ भन्दै प्रतिप्रश्न गर्नुभयो ।

पूर्व प्रधानन्यायाधिसहरु प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने काम गर्न मिल्छ ?’ सडकमा गएर राज्यको पेन्सन खाएर राज्य र न्यायालयविरुद्ध ताण्डव गर्नु जायज नभएको उहाँको भनाई थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker