नेपालमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको नाम डेल्टा र कप्पा

काठमाडौं । कोरोना भाइरसको भेरियन्ट देशहरुको नामबाट चिनिन थालेपछि सम्बन्धित देशहरुले आपत्ति जनाउन थालेका छन् । ती देशहरुको आपत्तिलाई मध्यनजर गर्दै सहजीकरणका साथै भ्रमहरु हटाउन विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको भेरियन्टहरुको ग्रिक शब्दमा नामाकरण गरेको छ ।

प्रत्येक देशमा फैलिएको भेरियन्टको विश्व स्वास्थ्य संगठनले छुट्टाछुट्टै नामकरण गरेको छ । बेलायतको भेरियन्टलाई ‘अल्फा’ ब्राजिलको ‘गामा’, दक्षिण अफ्रिकाको ‘बेटा’ भारतमा फैलिएको बी.१.६१७.२ लाई ‘डेल्टा र बी.१.६१७.१ लाई कप्पा नामकरण गरेको छ ।

भारतमा फैलिएको अत्यन्तै संक्रामक डेल्टा र कप्पा भेरियन्ट नेपालमा पनि पुष्टि भएकोले त्यही नामबाट चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

भारतमा फैलिएको कोरोनाको भेरियन्टलाई भारतीय भेरियन्ट भन्दा भारत सरकारले आपत्ति जनाउँदै सामाजिक सञ्जालमा पोष्टि गरिएका ‘भारतीय भेरियन्ट’ सामाजिक सञ्जाल कम्पनीहरुलाई हटाउन लगाएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker