दोस्रो पुस्ताले निकाल्छ, एमाले एकताको कडी ?

विराटनगर । विभाजनको औपचारीक घोषणा मात्र बाँकी रहेको नेकपा एमालेको एकता पुनः सम्भव छ ? एकपछि अर्को गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हण्डर दिँदै आएको माधवकुमार नेपाल र झलनाथ खनालको समूहलाई ओलीले साथै लिएर हिड्लान ?

या ओलीलाई अध्यक्ष स्विकार्दै नेपाल–खनाल समूह एमालेभित्रै रहला ? एमालेका दोस्रो तहका नेताहरुले छलफल र वार्ता बढाइरहँदा तल्लो तहका कार्यकर्तामा उब्जिएका प्रश्न हुन् यी ।

यद्यपी गएराती मात्र दुवै पक्षका दोस्रो तहका नेताहरुले चार घण्टा लामो एकता केन्द्रित छलफल गरेका छन् । याक एण्ड यति होटलमा भएको छलफल सकारात्मक भएको दावी दुवै पक्षका नेताहरुको भनाई छ ।

बैठकमा एमालेको संस्थापन पक्षबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुनुहुन्थ्यो भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट हुनुहुन्थ्यो ।

दुई समूहको वार्ता एकता नजिक पुगेको भनिरहँदा राष्ट्रियसभा सदस्यका लागि बागमतिमा भएको मतदानमा नेपाल समूहले गरेको फ्लोर क्रसका कारण भाँडिएको थियो । त्यसपछि करिब करिब छलफलका लागि बन्द भएको ढोका भने खुलेको दोस्रो तहका नेताहरुको भनाई छ ।

त्यसअघि पार्टीको विवाद समाधानका लागि दुबै तर्फबाट ५–५ जना नेता सहभागी कार्यदल बनाइएको थियो । तर केहि वार्ता र छलफल भएपनि सो कार्यदलले कुनै निष्कर्ष निकाल्न सकेन ।

नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को संगठनात्मक संरचनामा फर्काउने अडान लिदै आएको छ। भने प्रधानमन्त्री ओली समय निकै अगाडि बढीसकेको भन्दै विकसित राजनितिक परिस्थितीलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने पक्षमा हुनुहुन्छ ।

यहि बिचमा माधव नेपाल समूहले गरेका पार्टी हित विपरीतका कृयाकलापका कारण एकपछि अर्को कारवाहिका चरणहरु पनि पार हुँदै गएका छन् । यहि परिस्थितिमा गएराती मात्र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भएको छ । छलफलको निष्कर्ष आज बस्ने स्थायी समिति वैठकमा ब्रिफिङ हुने बताइएको छ ।

बैठकमा सहभागि एमालेका नेता नेम्वाङका अनुसार पार्टीको विवाद समाधान गर्ने प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले पार्टी एकताका पक्षधरहरु अझै नथाकेको भन्दै नेता नेम्वाङले केहिदिनमा सुखद परिणाम आउने विश्वास ब्यक्त गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker