कोरोना संक्रमित थपिनेभन्दा निको हुनेको संख्या निरन्तर बढ्दै

काठमाडौं । मुलुकभरि कोरोना संक्रमितको संख्या थपिनेभन्दा निको हुनेको संख्या पछिल्लो समय निरन्तर बढ्दै गएको छ । आज ६८९८ जना कोरोना संक्रमित निको हुँदा ६ हजार ९५ जनामात्रै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा आज २० हजार १६५ जनाको पिसिआर परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको हो । देशभरि १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker