सरकारलाई बदनाम गर्न विपक्षीको खोप राजनिति

विराटनगर । पछिल्लो समय प्रदेश १ सरकारले खोपमा विभेद गरेको भन्दै चौतर्फी विरोध भइरहेका बेला खोपको राजनितिमा भने विपक्षी दलकै सकृयता देखिएको छ ।

अझ प्रदेश सरकारमा रहेका उच्च पदस्थहरुले आफ्ना आफन्तलाई खोप लगाइदिएको तर फ्रन्टलाईनमा खटिनेहरुले लगाउन नपाएको भन्दै प्रचार गरिरहेका विपक्षीदलहरु नै पहुँचका आधारमा खोपको अनियमिततामा मुछिएको पाइएको छ ।

खोपको विषयमा सामाजिक विकास मन्त्रालय तथा प्रदेश सरकारकै चर्को आलोचना गर्दै आएका नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आफैले जिल्ला स्वास्थ्य कार्यालय मोरङ मार्फत खोप लगेको रहस्य सार्वजनिक भएको छ ।

केहीदिन अघि विज्ञप्ति जारी गर्दै खोप वितरणका विषयमा प्रश्न उठाएका कार्कीले सोमबार अपरान्ह स्वास्थ्य कार्यालयमा आफ्ना एक जना कार्यकर्तालाई पठाएर तीन भायल खोप लगेको स्रोतले बताएको छ । उहाँले खोप मागेपछि स्वास्थ्य कार्यालयले सम्वन्धित निकायसँग समन्वय गरेर खोप उपलब्ध गराएको थियो ।

कार्कीले यसअघि पनि खोप वितरणप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति नै निकाल्नुभएको थियो । विज्ञप्ति निकाल्ने अघिल्लो दिन मात्रै सामाजिक विकास मन्त्री उषाकला राईसँग खोप माग्नुभएको थियो । मन्त्री राईले नाम लिस्ट सहित निवेदन दिन आग्रह गरेपछि सचेतक कार्कीले लिष्ट दिन इन्कार गर्नुभएको थियो ।

सामाजिक विकास मन्त्री उषाकला राई गृहजिल्ला खोटाङ गएको बेला कार्कीले पहुँचका आधारमा खोप लगेको स्रोतले जानकारी दिएको छ । त्यो खोप कहाँ र कस्लाई लगाइयो भन्ने खुल्न सकेको छैन ।

यस्तै कार्कीले आफ्नी श्रीमती, आफन्त, नातागोता र कार्यकर्तालाई बोलाएर प्रदेशसभा र मुख्यमन्त्री कार्यालयमा पनि कर्मचारीसँग च्यानल मिलाएर खोप लगाउनुभएको थियो ।

यद्यपी सचेतक कार्कीले भने आफुले सवैका अहिलेसम्म खोप नलगेको बताउनुभएको छ । आफूलाई थाहा नभएको भन्दै कार्कीले प्रतिप्रश्न गर्दै भन्नुभयो,‘हामीलाई दिन मिल्छ ? जल्लाई पायो तेल्लाई दिन मिल्ने रैछ ?’

उहाँले यदि कुनै कर्मचारीले हामीलाई दिएको भनेर हराएको रैछ भने खोज्नुपर्ने र दिने मान्छेलाई कारवाहि गरिनुपर्ने बताउनुभयो । खोप मागेको स्वीकार गर्दै उहाँले भन्नुभयो,’आफु जनप्रतिनिधि पनि भएकाले सवै जनतालाई खोप लगाउनु पर्यो भन्नु मेरो कर्तब्य हो । त्यसका लागि प्रदेश सरकार, स्थानीय सरकार सवैसँग भनिरहेको छु, सवैलाई खोप लगाइदिनुपर्यो ।’

कोभिशिल्डको पहिलो डोज लगाएर विभिन्न जिल्लामा मौज्दात रहेको खोप प्रदेश १ स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रमा जम्मा गरिएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार मौज्दातमा रहेको खोप कुनैपनि स्थानीय तहमा लगाउन नपुग्ने भएपछि राजधानीमा केन्द्रित रहेका फ्रन्टलाईनर संस्थाहरुको सिफारिसमा दोश्रो डोज खोप दिने व्यवस्था मिलाइएको थियो । खोप लगाउने जिम्मा जिल्ला स्वास्थ्य कार्यालय मोरङलाई दिईएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव विरेन्द्र मगरले जानकारी दिनुभएको छ ।

यस्तै केहि दिन अघि विराटनगरकै तीनपैनी चोकमा रहेको सिटि सिनेमा हलमा भएको खोप काण्डमा पनि विपक्षी दलका नेता तथा कार्यकर्ताले खोप लगाएको पाइएको छ । संघीय सांसद अमनलाल मोदी आफैले पनि खोप लगाउनुभएको छ । दोस्रो डोज ४ हप्ताको अन्तरमा नै उहाँले लगाएको खुल्न आएको हो ।

ति खोप पनि मापदण्ड निर्धारण गरि निश्चित ब्यक्तिका लागि उपलब्ध भएको थियो । यद्यपी सांसद मोदीकै स्वकीय सचिव ताजिम अन्सारीलगायतले खोप लगाएको विरोध गर्दै नाराबाजी गर्नुभएको थियो । मोदीले एक महिना अघि मात्र सामाजिक विकास मन्त्रालय मार्फत पहुँचकै आधारमा पहिलो खोप लगाउनुभएको थियो ।

सिटि सिनेमा हलमा १ सय ५० जनालाई १५ भायल खोप लगाइएको लिष्ट कर्मचारीले मन्त्रालयमा उपलब्ध गराएका छन् । सामान्यतया प्रति भायल ११ जनालाई खोप लगाउन पुग्छ । त्यसदिन पनि तथ्याङ्क १ सय ५० जनाको भएपनि १ सय ६० जनाले खोप लगाएको खोप कार्यमा सम्लग्न एक कर्मचारीले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker