सवै अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै बिरामीको उपचार र सेवा लाग्ने रकमको विवरण ७ दिनभित्र सार्वजनिक गर्न सवै अस्पताललाई निर्देशन दिएको हो ।

यो निर्देशन सरकारीसँगै निजी र सामुदायीक अस्पतालले पनि पालना गर्नुपर्ने छ । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न निर्देशन दिइएको छ ।

यस्तै मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ । पछिल्लो समय बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, उपचारमा लाग्ने सामाग्री समेत विरामीलाई नै किन्नलगाएको लगायतका गुनासो आएपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको उल्लेख गरेको छ ।

हेरौं सूचना

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker