गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै पूर्व बजेट छलफल बहिस्कार

पोखरा । गण्डकी प्रदेशसभामा विपक्षी दलहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नलिई बजेट ल्याउन खोजेको भन्दै पूर्व बजेट छलफल बहिस्कार गरेका छन् ।

प्रदेशसभामा हिजो आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनियोजन विधेयक प्रस्तुत गरेको थियो । उक्त विधेयकमाथि आजबाट छलफल सुरु भएको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता प्रकाशचन्द् दवाडीले सदनमा विश्वास गुमाइसकेका मुख्यमन्त्री गुरुङले विश्वासको मत नै नलिई असंवैधानिक रुपमा सरकार सञ्चालन र बजेट ल्याउन खोजेकाले छलफल बहिस्कार गरेको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker