
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा उलंघन गरेको आरोपमा विराटनगरका चार जना पसलेलाई ३० हजारको दरले जरिवाना गरेको छ । विराटनगरका पसलेहरु सुमन साह, अजय राय, चुन्नी यादव र राजेश बर्मालाई जरिवाना भराएको हो ।
कोरोना संक्रमितको संख्या थपिदै गएको अवस्थामा यहाँका व्यापारीहरुले निषेधाज्ञा उलंघन गर्दै आएकाले कोभिड १९ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनुसार जरिवाना भराएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो ।
उहाँले निषेधाज्ञा थप कडाई गर्दै कोरोनाको चेन ब्रेक गर्ने लक्ष्य रहेको बताउनुभयो ।