समाजसेवी दिपक खुलाल द्वारा औषधिसहितको स्वास्थ्य सामाग्री सहयोग

दोलखा । दोलखाका समाजसेवी दिपक खुलालले औषधिसहितको स्वास्थ्य सामाग्री सहयोग गरेका छन । खुलालले आफ्नो ब्यक्तिगत खर्चमा करिब १९ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन।
सहयोग गरेको स्वास्थ्य सामाग्री आज कालिन्चोक गाउपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकिलाइ हस्तान्तरण गरिएको समाजसेबी खुलालले बताए।
उनले सिटामोल,cetrezin ,azithromicin औषधि लगायतका सामाग्री सहयोग गरेका हुन। महामारिमा सहयोग गरेकोमा खुलाललाइ स्वास्थ्य चौकिले बिशेष धन्यवाद दिएको छ।
गतबर्षको लकाडाउनमा काठमाडौ रहेको घरको पुरै भाडा छुट गरेर चर्चामा आएका खुलाल दोलखामा समाजसेवीको रुपमा परिचित छन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker