चिनीयाँ खोप भोली प्रदेश–प्रदेशमा पठाइने, २५ गतेबाट लगाइने

काठमाडौं । चिनीयाँ राष्ट्रपति सि जिनपिङको घोषणा लगत्तै पठाइएको कोभिड–१९ विरुद्धको खोप भोली प्रदेश–प्रदेशमा पठाइने भएको छ । हिजो नेपाल आइपुगेको खोप भोली सातवटै प्रदेशमा पठाउने तयारी गरिएको हो ।

६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यो खोप लगाउने तयारी गरिएको छ । सात वटै प्रदेशमा यो उमेर समूहका करिब ८ लाख ५५ हजार जनसंख्या रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोहि तथ्याङ्कलाई आधार मानेर प्रदेश अनुुसार खोप पठाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमका अनुशार यहि लटको खोपले सवैलाई नपुग्ने भएपछि प्रदेशस्थित स्वास्थ्य निर्देशनालयलाई दोस्रो डोजको सुनिश्चितता गरेर पुगेजतिलाई खोप लगाउन सक्नेगरी खोप पठाउन लागिएको हो ।

यसअघि चिनियाँ अनुदानको खोप चीनसँग सिमाना जोडिएका र बढी कारोबार हुने जिल्लावासीलाई प्राथमिकता दिएर लगाइएको थियो । यसपटक भने सबै प्रदेशमा वितरण गर्न लागिएको हो । खोप यहि २५ गतेदेखि लगाउने तयारी गरिएको जानकारी दिइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker