एमालेको स्थायी समिति बैठक आजपनि बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आजपनि अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताकालागि भइरहेका प्रयास र प्रगतिको विषयमा छलफल हुने बताइएको छ ।

हिजो बसेको स्थायी समितिको वैठकले पार्टी एकताको निम्ति अधिकतम लचकता अपनाउँदै अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको थियो । माधवकुमार नेपाललगायतका केहि नेताहरु फर्किन नचाहेको बुझेपछि आउन नचाहनेलाई छाड्दै अरुलाई समेटेर अगाडि बढ्नुपर्ने एमाले अध्यक्ष ओली पक्षका केहि नेताहरुको जोड छ ।

यद्यपी दोस्रो तहका केहि नेताहरु भने अझै पनि एकताको सम्भावना रहेको भन्दै आन्तरीक रुपमा छलफल र वार्ता गर्दै आउनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker