पाकिस्तानले पनि तयार गर्‍यो कोभिड विरुद्धको भ्याक्सिन

कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) पाकिस्तानले पनि तयार पारेको छ । पाकभ्याक नाम दिइएको भ्याक्सिनलाई पाकिस्तानका केन्द्रीय योजनामन्त्री असद उमरले सार्वजनिक गर्नुभएको छ ।

योजनामन्त्री असद उमरले भ्याक्सिनको उत्पादनलाई क्रान्तिकारी उपलब्धि भन्नुभएको छ । पाकिस्तानले सो भ्याक्सिन चीनको सहयोगमा तयार पारेको जनाएको छ ।

प्रधानमन्त्री इमरान खानका विशेष सहायक डाक्टर फैसल सुल्तानले पाकिस्तानले आफ्ना साथीहरूको मद्दतबाट चुनौतीलाई अवसरमा बदल्ने कोशिश गरिराखेको बताउनुभएको छ ।

बिबिसीले जनाएअनुसार चिनियाँ सरकारी फर्मास्युटिकल कम्पनी क्यान्सिनोको मद्दतमा पाकिस्तानको भ्याक्सिन विकास गरिएको हो। पाकिस्तानमा महामारीबाट अहिलेसम्म ९ लाख २२ हजार मानिस संक्रमित भएका छन् भने लगभग २१ हजारको मृत्यु भएको छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker