बजेटमाथिको पूर्व छलफलको समय घटाउन अध्यादेश ल्याइदै

विराटनगर । समय छोट्टिदै जाँदा बजेटमाथिको पूर्व छलफल हुदैन कि भनेर विपक्षी दलहरुले आशंका गरिरहेका बेला प्रदेश १ सरकारले छलफलको समय घटाउन अध्यादेश ल्याउने भएको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

ऐनमा बजेट माथिको पूर्व छलफल १५ दिन अगावै हुनुपर्ने व्यवस्था रहेको छ । अध्यादेश माफर्त ५ दिन अगावै बनाउन लागिएको प्रदेश सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । कोरोनाको महामारीका बेला लामो समय नियमति वैठक सञ्चालन गर्न कठिन हुने भएकाले समय छोट्याउन अध्यादेश ल्याउन लागेको उहाँले बताउनुभयो ।

यस्तै प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको कोषबाट सो रकम थप गरिने प्रवक्ता कार्कीले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker