गिट्टि–बालुवा उत्खनन भए तराई मरुभूमी हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी गर्ने नीति समावेश गरेकोमा आपत्ति जनाउनुभएको छ ।

आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष प्रचण्डले सरकारको यो नितिले तराई मरुभूमि हुने बताउनुभएको छ । उहाँले गिट्टी, बालुवा उत्खनन् गरी बिक्री गर्ने कार्य राष्ट्र र जनता विरोधी हुने भन्दै तुरुन्त खारेज गर्न माग गर्नुभएको छ ।

‘असंवैधानिक सरकारले बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस,’ उहाँले ट्वीटरमा लेख्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker