एमालेको स्थायी कमिटी वैठक अगावै नेपाल पक्षको केन्द्रीय समिति वैठक बस्दै

अवैधानिक वैठकमा सहभागि नहुन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह स्थायी कमिटीको वैठक बोलाउनुभएको छ । त्यस अघि एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफु पक्षीय केन्द्रीय समितिको वैठक आह्वान गर्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि केन्द्रीय समितिको विहान ११ बजे भर्चुअल रुपमा बस्न लागेको हो ।

यस्तै पार्टीभित्रको एकताका लागि अधिकतम लचकता अपनाउँदै सम्भावनाको खोजीमा जुटेको एमाले संस्थापन पक्षले भने भएको प्रगति र आगामी कदम तय गर्न स्थायी समिति वैठक बोलाएको हो ।

माधव नेपाल पक्षले वैठक बोलाएपछि पार्टीले त्यसलाई अवैधानिकको संज्ञा दिएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विहान विज्ञप्ति जारी गर्दै अवैधानिक वैठक रर गतिविधिमा सम्लग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराउनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker