राजमोद्वारा थापालाई गण्डकी प्रदेशसभा सदस्यबाट निस्कासन

पोखरा । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई प्रदेशसभा सदस्यबाट निस्कासन गरेको छ । राजमोको बिहीबार बसेको केन्द्रीय कार्य समितित बैठकले थापालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।

आज बस्ने प्रदेशसभा बैठकमा सभामुखले थापालाई प्रदेशसभा सदस्यबाट हटाएको पत्र पढेर सदनलाई जानकारी गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रसतावमा राजमोले विपक्षी दललाई समर्थन गरिरहेको बेला थापाले एमालेका गुरुलाई सघाउनु भएको थियो । थापा बाग्लुङ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker