दूरसञ्चारको २२ प्रतिशत सेयर टेलिकमको प्रयोगकर्तालाई बिक्री गर्ने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत सेयर नेपाल टेलिकमको प्रयोगकर्तालाई बिक्री गर्ने व्यवस्था गरेको छ । नेपाल टेलिकमको मोवाइल, फोन र इन्टरनेट सेवा प्रयोगकर्ताले उक्त सेयर खरिद गर्न पाउनु हुनेछ ।

कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच अभिवृद्धिका लागि उक्त सेयर बिक्री गरेर टेलिकमको क्षमता विस्तारमा लगानी गर्ने सरकारी योजना छ । सरकारसँग रहेको ९१ दशमलव ५ प्रतिशतमध्ये २२ प्रतिशत अर्थात् ३ करोड १ लाख ९५ हजार कित्ता सेयर बिक्री गर्नेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker