इटहरीका औषधी व्यवसायी आन्दोलित, औषधी पसल अनिश्चितकाल बन्द गर्ने

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका औषधी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले इटहरी उपमहानगरपालिकालाई चेतावनी दिँदै अनिश्चितकालका लागि सम्पूर्ण औषधी पसल बन्द गर्ने घोषणा गरेका छन् ।

उपमहानगर क्षेत्रमा सञ्चालित औषधी पसललाई अनुगमनका नाममा अनाश्यक दुःख दिएको आरोप लगाउँदै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

हिजो उपमहानगरपालिकाका कर शाखा प्रमुख नविन भट्टराईको नेतृत्वको अनुगमन टोलीले औषधीको उत्पादन मिति केरमेट गरेको भेटेपछि केहि औषधी पसललाई सचेत गराएको थियो भने सामुदायिक अस्पताल र कलश पोलिक्लिनिक तथा थोक विक्रेता एरव मेडिकोस् एण्ड ट्रेडिङमा ताला लगाएको थियो ।

ब्यवसायीहरु अनुगमनको विरोधमा उत्रिएपछि आज उपमहानगरमा छलफल भएको थियो । छलफलमा समेत उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले मानव जीवनसँग जोडिएको संवेदनशिल क्षेत्रमा खेलबाड नगर्न आग्रह गर्दै दोषीलाई कानुन बमोजिम कारवाहि गर्ने बताएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले उपमेयरको विरोध गर्दै नाराबाजी समेत गरेका छन् । औषधी व्यवसायी संघ सुनसरीका उपाध्यक्ष प्रतापकुमार श्रेष्ठले औषधी पसल बन्द हुँदा पुग्ने क्षतिको जिम्मेवारी उपमहानगरपालिकाले लिनुपर्ने बताउनुभएको छ ।

औषधी व्यवसायीहरुको आन्दोलनका विषयमा भने उपमेयर गौतमले गल्ति सच्याउन तयार भएपछि लगाइएको ताला खोलिसकेको बताउनुभयो । उहाँले गल्ति गर्नेलाई कानुन बमोजिम कारवाहि हुने भन्दै मानवीय संवेदनशिलतालाई बुझेर पनि औषधी पसलहरु बन्द नहुने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker