निको हुनेभन्दा कोरोना संक्रमितको संख्या बढ्यो

काठमाडौं । कोरोना संक्रमित निको हुनेभन्दा आज संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आज ५ हजार ९ सय ४ जना कोरोना संक्रमित निको हुँदा ६ हजार ८ सय २५ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ र निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

आज कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ रहेको छ । हालसम्ममा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker