फिल्म प्राविधिकको सहयोगमा स्वस्तिमाको अभियान

काठमाडौं । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन लम्बिदै जाँदा फिल्म क्षेत्रका प्राविधिकलाई समस्या भएको महशुष गर्दै नायीका स्वस्तिमा खड्काले सहयोग अभियान चलाउनुभएको छ ।

अभिनेत्री खड्काले फिल्म प्राविधिकलाई सहयोग जुटाउने उद्देश्यले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै समस्यामा रहेका प्राविधिकहरूलाई सकेको सहयोग गर्न अपिल गर्नुभएको छ । अहिले असामान्य परिस्थिति रहेको भन्दै नायीका खड्काले यस्तो बेलापनि सरकारको प्राथमिकतामा फिल्म उद्योग पर्न नसकेको बताउनुभएको छ ।

उहाँले इन्स्टाग्राममा भन्नुभएको छ,‘कोरोनाको मारमा सबैभन्दा बढी फिल्ममा काम गर्ने प्राविधिकहरू परेका छन् ।’ दैनिक छाक टार्न समेत प्राविधिकहरुको समस्या रहेको समाचारले आफुलाई भाबुक बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।

आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई समेत प्राविधिकको सहयोगका लागि आफुले आग्रह गरेको बताउँदै उहाँले फिल्म प्राविधिकको काम र पारिश्रमिकको बिषयमा समेत चर्चा गर्नुभएको छ । यो समयमा प्राविधिकहरुका लागि सक्नेले सहयोग गर्न नायीका खड्काको आग्रह छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker