चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका २ का ४० वर्षीय सुवासचन्द्र राई, ईटहरी २० का ३८ वर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ वर्षिय राजेश मेहतालाई प्रहरीले पक्राउ परेको हो ।

सुन्दरहरैचा नगरपालिका ४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश–१–०५–००१ प ००६१ नम्बरको मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

उजुरी आएपछि तत्काल अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले तीनै जनालाई ईटहरीको खनारबाट उक्त मोटरसाइकलसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker