
धनगढी । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको छ ।
पार्टीको स्थायी कमिटी को निर्यण किन कार्यालयन्वयन नगरी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेको विषयमा ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न स्पष्टीकरण पत्रमा उल्लेख भएको एक नेताले बताउनुभयो ।
माधवकुमार नेपाल पक्षको बहुमत रहेको संसदीय दललाई जेठ १ण् गतेको स्थायी कमिटीको निर्णयले माओवादी केन्द्र नेतृत्व प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।
तर संसदीय दलले सरकारमा रहेका तीन जना मन्त्रीले राजिनामा दिई चार मन्त्री र तीन राज्यमन्त्रीसहित पुनः सरकारमा सहभागी भएको छ ।