सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा छुवाछुत प्रमुख चुनौती : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा मानव सभ्यताको कलंक छुवाछुत प्रमुख चुनौतिको रुपमा रहेको बताउनुभयो ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिदै उहाँले कानुनी रुपमा अन्त भए पनि समाजमा अझै व्याप्त रहेकोले सामाजिक रुपमै यसको समूल नष्ट गर्न सबैलाई आह्वान गर्नुभएको हो ।

छुवाछुत जस्तो जघन्य अपराध गर्नेलाई कडा सजाय दिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker