
काठमाडौं । चलचित्र विकास बोर्डले तीन हजार फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आज पत्राचार गरी माग गरेको छ ।
बोर्डले खोपका लागि पत्र पठाएपछि छलफलका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आइतबार फिल्मकर्मीलाई मन्त्रालयमा बोलाउनुभएको छ ।