
काठमाडौं । स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहरमा बालबालिका संक्रमित हुने अवस्था देखिएकोले सबै स्वास्थ्य संस्थाहरुलाई स्विकृत बेड संख्याको २० प्रतिशत बेड अक्सिजनसहित बालबालिकाको उपचार हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी ती समुदाय लक्षित रहेको हुँदा अबको तयारी बालवालिकालाई सुरक्षित गराउन केन्द्रित हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।