
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्य मिश्र नियुक्त हुनुभएको छ । अस्पताल निर्देशकको सिफारिसमा उपकुलपतिले उहाँलाई नियुक्त गर्नुभएको हो ।
दुई वर्षे कार्यकालका लागि नियुक्त हुनुभएको डा. मिश्र प्रतिष्ठानमा पल्मोनोलोजी एण्ड स्लिप मेडिसिन विभागमा एसोसिएट प्रोफेसर पदमा कार्यरत हुनुहुन्थ्यो ।
