मधेसको मुद्दा सम्बोधनका लागि सरकारमा : महतो

काठमाडौं । सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री नियुक्त हुनुभएको जसपाका संसदीय दलका नेता राजेन्द्र महतोले मधेसको मुद्दामा आफूहरुले काम गरिररहेकोले मन्त्रिपरिषदमा सहभागिता पनि त्यसैको अर्को कडी भएको बताउनुभयो ।

मधेसको कार्यान्वयन हुन बाँकी माग र मुद्दा सम्बोधनका लागि सरकारमा सहभागी भएको उहाँको भनाई थियो । जसपा महन्थ ठाकुर पक्षका ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको र उहाँहरुको अहिले केही बेरमा शपथग्रहण हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker