जसपा सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको बताउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको भन्दै अब चुनावमार्फत् नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न अपिलसमेत गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले लेख्नुभएको छ, ‘जसपाको महन्थपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ । अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौँ ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker