
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा टिकिरहेन कमजोरीलाई जसपाका महन्थ ठाकुर पक्षले अबसरमा परिणत गरेको टिप्पणी गर्नुभयो ।
महतले ठाकुर पक्षले अवसरवादी चरित्र देखाएको आरोप लगाउनुभयो । १७÷१८ जना सांसद भएको पार्टीलाई १० वटा मन्त्री दिनु भनेको सत्तामा टिकिरहन जे पनि गर्छु भन्ने नै भएको उहाँले बताउनुभयो ।
निर्वाचन नजिकिएपछि मात्रै मुलुकमा मधेस र मधेसीको विषय उठ्नु दुरभाग्य भएको महतले बताउनुभयो ।