खनाल–नेपाल समूहले नयाँ पार्टी खोल्न सर्वोच्चको निर्णय पर्खिने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले नयाँ पार्टी खोल्न सर्वोच्च अदालतको निर्णय पर्खिने निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधिन रहेकोले अहिले तत्कालै हतारोमा पार्टी खोल्न नहुने बैठकको निष्कर्ष रहेको सहभागी एक नेताले बताउनुभयो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सच्चिएर आए पुनर्विचार गर्ने निष्कर्षसमेत निकालेको उहाँले बताउनु भयो ।

बैठकले उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राज्यको अभिव्यक्ती राष्ट्रघाती भएकोले तत्काल फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ । साथै बजेट वक्तव्यमा आएको टुंगा, गिट्टी, बालुवा निकासीको व्यवस्था तत्काल खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker