
काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गर्ने सत्तारुढ दल एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका १२ जना युवा तथा विद्यार्थी नेता पक्राउ पर्नुभएको छ ।
खनाल–नेपाल पक्षका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासविच आरती लामा, सचिवहरू टपेन्द्र शाही, मेधनाथ चापागाईं, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षेत्री, हर्क बम, आकाश खनाल, अमर पुन, मानबहादुरलगायतलाई प्रहरी पक्राउ गरेको हो । उहाँहरुलाई बानेश्वरबाट पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखिएको एक नेताले बताउनुभयो ।
महतोले दिएको बहुल राज्यको अभिव्यक्तिको विरोधमा पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । आन्दोलनकारीहरुले महतोलाई मन्त्रीबाट हटाउनुपर्ने माग गर्नुभएको छ ।