प्रदेश १ मा एक हजार १३३ संक्रमित डिस्चार्ज, ५६२ थपिए

विराटनगर । प्रदेश १ मा आज १ हजार १३३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । मोरङमा ४४२, झापामा २४६, सुनसरीमा १६२, धनकुटामा ५०, भोजपुरमा ८, उदयपुरमा १०, सोलुखुम्बुमा २०, संखुवासभामा ५२, तेह्रथुममा ७, इलाममा २, पाँचथरमा २, ताप्लेजुङमा ९१, ओखलढुंगामा १, अन्य प्रदेशका ४० जना संक्रमित निको भएर घर फर्केका हुन् । हालसम्ममा ४१ हजार ५३९ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज ५६२ जना संक्रमित थपिएका छन् । मोरङमा २७२, झापामा १४१, सुनसरीमा ९५, धनकुटामा ४, भोजपुरमा २, उदयपुरमा १४, संखुवासभामा २, तेह्रथुममा १९, इलाममा २, पाँचथरमा १ र अन्य प्रदेशका १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्ममा यस प्रदेशमा ६१ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको हो । आज यस प्रदेशमा १ हजार ७८४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker