पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ बृद्धि गरेको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएको र मूल्य समायोजनको विकल्प नभएको निगमले जनाएको छ ।स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार गएराति १२ बजेबाट लागू हुने गरी मुल्य बढेको हो ।

निगमले भने मूल्यबृद्धि पछि घाटा रहेको जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker