मन्त्रिपरिषद थप विस्तार हुँदै, नयाँ अनुहार प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग रहेका मन्त्रालयहरुमा अधिकांश नयाँ अनुहारलाई प्राथमिकता दिँदै मन्त्रिपरिषद विस्तारको तयारी गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

यस्तै रामबहादुर थापा समूहबाट तीनजनासम्म मन्त्री हुने सम्भावना रहेको छ। प्रदेश सभामा माओवादीले कारबाही गरेर संसद पद गुमेकाहरुलाई प्राथमिकतामा राखिएको छ। प्रदेश नं २ कि ज्वालाकुमारी साहको मन्त्री बन्ने सम्भावना प्रबल रहेको स्रोतको दावी छ ।

यस्तै एमालेका युवा नेता महेश बस्नेत र नारदमुनी राना थारुपनि सम्भावित मन्त्रीको सुचिमा रहनुभएको छ । शुक्रबार मात्र प्रधानमन्त्री ओलीले पुराना मन्त्रीलाई हटाएर जनता समाजवादी पार्टीका १० मन्त्रीसहित १७ सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker