एक पटक संक्रमित भएका व्यक्ति १० महिना सुरक्षित

काठमाडौं । के तपाईं एक पटक संक्रमित हुनुभएको छ ? यदी हो भने ढुक्क हुनुहोस् तपाईंलाई १० महिनासम्म कोरोना संक्रमणको जोखिम अत्यन्तै न्यून हुन्छ । बेलायतमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो

युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतमा खोप नलगाएका दुई हजार संक्रमितमा गरेको अध्ययनमा पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर अत्यन्तै न्यून देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

ल्यासेन्ट जर्नलमा हालै प्रकाशित रिपोर्टमा एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने तथ्य उल्लेख छ ।

विराटनगरका एक पत्रकार कोरोनाको पहिलो लहरमा सुरुमै संक्रमित हुनुभएको थियो । त्यसपछि अहिलेको दोस्रो लहरमा उहाँको परिवारमा सानो बच्चासहित आमाबुवा, पत्नी संक्रमित भएका थिए ।

संक्रमित बच्चासँगै समय बिताउँदा पनि ती पत्रकारलाई संक्रमण भएन । त्यसैले बेलायतमा गरिएको अध्ययन सही भन्ने देखिन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker