चितवनमा सिप्रदि म्याक लुब्रिकेन्ट्सद्वारा अटो मेकानिकहरुलाई राहत वितरण

आशिष उप्रेती, चितवन, जेठ २३-
निरन्तरको लकडाउनका कारण निकै मारमा परिरहेका चितवन आसपासका श्रमजिवी अटो मेकानिकहरुलाई सिप्रदि ट्रेडिङ प्रा.लि अन्तर्गत सिप्रदि सहायता संस्था र म्याक लुब्रिकेन्ट्स द्वारा आज नारायणगढमा राहत वितरण कार्यक्रम गरिएको छ । राहत वितरण कार्यक्रममा चितवनका लागि म्याक लुब्रिकेन्ट्सको आधिकारीक डिलर एवंम् म्याक परिवार कैलाश इन्टरनेशनल प्रा.लि र एस.के चितवन ट्रेडिङ प्रा.लि मार्फत लकडाउनका कारण नियमित काम गर्न नपाएर अत्यन्तै मारमा परेका ३५ जना मेकानिकका परिवारहरु छनोट गरि नारायणगढको पुल्चोक र लायन्स चोकमा राहत वितरण गरीएको हो । उनिहरुलाई राहत स्वरुप चामल, नुन, तेल, दाल आदि वितरण गरिएको छ ।


उक्त कार्यक्रममा कैलाश इन्टनेशनलको तर्फबाट शिव कुमार जोशी, एस.के. चितवनको तर्फबाट कृष्ण काफ्ले र निरज श्रेष्ठ एवंम् सिप्रदि ट्रेडिङ म्याक लुब्रिकेन्ट्सको तर्फबाट बजार प्रतिनिधि मुकेश अर्याल, शेखर अर्याल र महमद सोहेबको उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमले लकडाउनको समयमा नियमित काम गर्न नपाएका श्रमजिवी मेकानिकहरुको छाक टार्न म्याक लुब्रिकेन्ट्सले निकै महत्वपुर्ण भुमिका खेलेको कैलाश इन्टनेशनलका शिवकुमार जोशीले बताउनुभयो । साथै एस.के. चितवनका कृष्णराज काफ्लेले यस किसिमको राहत वितरण कार्यक्रम गरेकोमा सिप्रदि ट्रेडिङलाई धन्यवाद दिदै यस्ता कार्यक्रमहरु विगत देखि नै हुदै आएकोमा खुशी ब्यक्त गर्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker