प्रधानन्यायाधीश विरामी भएपछि आज संवैधानिक इजलास नबस्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी भएपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ।

प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिनुभएको छ । उहाँ बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएका छन् ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गर्नुभएको थियो ।

इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन। आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो । अब बुधवारमात्र संवैधानिक इजलास बस्ने भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker