कानुन व्यवसायीलाई खोप लगाउन माग

काठमाडौं । संविधान र कानुनको रक्षार्थ अग्रमोर्चामा खटिएका कानुन व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन डेमोक्रयाटिक लयर्स एशोसिएसनले माग गरेको छ ।

एशोसिएसनका प्रतिनिधि टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्लाई भेटेर कानुन व्यवसायीलाई खोप लगाउने व्यवस्थाका लागि ध्यानाकर्षण गराएका थिए ।

पहिलो डोज खोप लगाएका ७ सय ५० जना कानुन व्यवसायीले दोस्रो डोज खोप लगाउन नपाएको र दोस्रो डोज लगाउने समयावधी सकिन लागेकाले तत्काल खोप लगाउने व्यवस्थाका लागि ध्यानाकर्षण गराएको हो ।

एशोसिएशनले देशभरिका कानुन व्यवसायीहरुलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने ढुक्क साथ आफ्नो पेशा व्यवसाय गर्ने प्रबन्ध मिलाउन मन्त्री तामाङ्लाई आग्रह गरेको छ । मन्त्री तामाङ्ले कानुन व्यवसायीहरुलाई खोप लगाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker