हवाइ इन्धनको मूल्य घट्यो

विराटनगर । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । कोरोना महामारी अवधीमा अन्तर्राष्ट्रिय हवाइ इन्धनमा १९ प्रतिशतसम्म नाफा राखेर मूल्य निर्धारण गर्ने नीति पारित भएसँगै निगमले इन्धनको मूल्य घटाएको हो ।

साविकको विक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलोलिटरमा १७८ ले घटाइ ७१५ प्रतिकिलो लिटर अमेरिकी डलर कायम गरिएको विज्ञप्तीमार्फत निगमले जनाएको छ । निगमले यसअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker