पार्टी एकताका लागि पहिलो पुस्तालाई पद छाड्न भीम आचार्यको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल र मााधवकुमार नेपाल पक्षका प्रदेश १ संयोजक भीम आचार्यले पार्टी एकताका लागि पहिलो पुस्ताका नेताहरुलाई पद छोड्न मध्यमार्गी प्रस्ताव अघि सार्नुभएको छ ।

उहाँले सोमबार सामाजिक सञ्चालमार्फत पार्टी एकता जोगाउन पहिलो पुस्ताले अभिभावकत्व लिई दोस्रो पुस्तालाई नेतृत्व प्रदान गर्न प्रस्ताव गर्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, अमृत बोहोराजस्ता पाका नेताहरुलाई पार्टीको अभिभाकत्व ग्रहण गरी दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आचार्यले प्रस्ताव गर्नुभएको छ ।

मुलुकको सबभन्दा ठूला पार्टीभित्रको विवादले लामो समयको संघर्ष र वलिदानीले प्राप्त उपलब्धी गुम्ने अवस्था सृजना भएकोले सबैलाई आ–आफ्ना अहंकार, रीस, राग, द्वेष छाडेर भाइचार, बन्धुबान्धवको समबन्ध कायम गरी परिवर्तको सम्वाहक बन्न पार्टी सम्बद्ध सबैलाई उहाँले आग्रह गर्नु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker