नेपाल र दाहालबीच कोटेश्वरमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ गते अघिको अवस्थामा पार्टीलाई फर्काउने प्रस्ताव गरेपछि दवावमा परेका माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग अबको रणनीति बारे छलफल गर्नुभएको छ ।

यसअघि नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पुनः छलकपट पूर्ण व्यवहार गर्ने भन्दै नमिल्ने आफू निकट नेता तथा कार्यकर्तालाई बताउनु भएको छ । एमालेको दुई तीहाईको सरकारका प्रधानमन्त्री भएपछि ओलीले आफ्नै शैलीमा काम गर्न थालेपछि नेपाल र दाहाल विपक्षमा उभिनुभएको हो ।

नेपाल पक्षका स्थायी कमिटी बैठकले ओलीले पार्टीलाई २०७५ जेठ ३ अघि फर्काए पार्टी एकता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगतै ओलीले आफूले जेठ ३ अघिको अवस्थामा पार्टी फकाउने तर नेपाल पक्षलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न गरेको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker