रत्ननगर नगरपालिकाद्धारा मानब सेवा आश्रमलाई चार लाख सहयोग

चितवनको रत्ननगर नगरपालिकाले मानव सेवा आश्रमलाई मंगलवार आर्थिक सहयोग गरेको छ ।

सडक पेटी तथा सार्वजनिक स्थलमा बेसहारा जीवन विताई रहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको उद्दार गरी संरक्षण गरिरहेको मानब सेवा आश्रमलाई सो नगरपालिकाले ४ लाख रुपैया आर्थिक सहयोग गरेको हो । आश्रमको भरतपुर स्थित शाखामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

हेटौडामा मुख्य कार्यालय रहेको सो आश्रमको ७ वटै प्रदेशका १६ जिल्लामा २५ वटा शाखामा १०४ वालवालिका सहित एक हजार ७०० जना आश्रित छन् । चितवन शाखामा ४ जना वालवालिका सहित ६५ जना सडकबाट उद्धार गरिएका व्यक्तिहरु रहेका छन् । रकम हस्तान्तरण कार्यक्रममा मेयर वनले मानव सेवा आश्रमले मानवताको लागि निभाएको भूमिकालाई प्रशांसा गरेर नसकिने बताए । यो आश्रम सडकमा जीवन विताइरहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको मन्दिर हो उनले भने यहाँ जति सहयोग गरेपनि कमी हुन्छ । स्थानीय सरकारको हैसियतले मान्छेको बाच्न पाउने अधिकार सुरक्षित गरिरहेको आश्रमलाई सहयोग गर्ने दायित्व भएको भन्दै उनले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।

उपमेयर दुवाडीले सडकमा जीवन व्यतित गरिरहेका बृद्धबृद्धाहरुलाई नयाँ जीवन प्रदान गरेर मानब सेवा आश्रमले मानबताको ठुलो उदाहरण पेश गरेको बताइन । आश्रमका अध्यक्ष अधिकारीले सम्भव भएसम्म अर्को बर्ष नेपाललाई सडक मानब मुक्त देश घोषणा गर्ने अभियानमा लागि परेको बताए । सकभर आश्रम खोल्ने र सञ्चालन गर्ने अबस्थाको अन्य गर्ने प्रयासमा हामी छौं उनले भने त्यसका लागि मानवता प्रर्बधनको कार्यक्रम सञ्चालन गर्नुपर्ने हामीमा जिम्मेवारी छ । तीनै तहको सरकारको सहयोग भयो भने लक्ष्य हासिल गर्न धेरै समय नलाग्ने उनको भनाई छ ।

रकम हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,वडा नं ५ का वडाध्यक्ष कृष्ण महतो,वडा नं १० का वडाध्यक्ष केशव आचार्य,प्रशासकीय अधिकृत अर्जुन पंगेनी लगायतको सहभागिता रहेको थियो । यसैबीच नारायणगढको बेलचोकमा निर्माणाधिन मानब सेवा आश्रमको भवनको मेयर वन,उपमेयर दुवाडी सहितका जनप्रतिनिधिहरुले अबलोकन गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker