एमाले सचिवमाथि मन्त्रीद्वारा हातपात, मन्त्रीलाई कारबाहीको माग

कैलाली । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र रावललाई हातपात गर्नुभएको छ ।

एमाले माधव नेपाल समूहका मन्त्री सोडारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली समूहका सचिव रावलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने पत्र बुझाउन जाँदा मन्त्री निवासमै हात भएको हो ।

हिजो साँझ मन्त्री निवासमा पार्टीको पत्र बुझाउन गएको समयमा मन्त्री सोडारी आक्रमणको शैलीमा झम्टिदै आएर कठालो समातेर हातपात गर्दै दुरव्यवहार गरेको रावलले बताउनुभयो । मन्त्री सोडारीले आफूसँग भएको अन्य पत्रलगायतका कागजात समेत च्याततिदिएको उहाँले बताउनुभयो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । मन्त्रीले दुरव्यवहार गरेको विरुद्ध आज प्रहरीमा उजुरी दिने एमालेको तयारी छ ।

मन्त्री सोडारीले सचिव रावलले नै आफूलाई पार्टीको ह्विको पत्र देखाउँदै दुरव्यवहार गरेको दावी गर्नुभएको छ । उहाँको स्वकीय सचिव ललित बहादुर बोहराले विज्ञप्ति जारी गर्दै मन्त्रीले रावलमाथि दुर्व्यवहार गरेको नभई रावलले नै मन्त्री सोडारीमाथि दुर्व्यवहार गरेको दावी गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker