जोर्डनसँग नेपाल पराजित, खेलमा भने सुधार

विराटनगर । विश्वकप तथा एसियन कप छनोटका लागि गएराती भएको खेलमा जोर्डनसँग नेपाल पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनसँग ३–० गोल अन्तरले पराजित भए पनि नेपाली टोलीको खेलमा भने सुधार देखिएको छ ।

ठूला मानिएका टिमसँग रक्षात्मक खेल खेल्ने नेपाली टोलीमा भने यो खेलमा परिवर्तन देखियो । नेपाली टिमका खेलाडीहरुले दोस्रो हाफमा पास मिलाउँदै ढुक्कसँग खेलेको देखिनु नै गएरातिको खेलको ठूलो उपलब्धी भएको फुटबल खेलका विशलेषकहरुको भनाई छ ।

जोर्डनका लागि बाहा फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गर्नुभएको थियो । खेलको सुरु देखिनै आक्राम खेलेको जोर्डन टिमले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरेको थियो ।

जोर्डनका लागि तेस्रो गोल गर्दै यजान अल अरबले अन्तर्राष्ट्रिय खेलमा गोलको खाता खोल्नुभएको छ । खेलमा सुधार गर्दै खेलेका नेपाली टोलीले केही स–साना अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । समूह ‘बी’ रहेका नेपालले ७ खेलमा दुई खेल जीत्दै ६ अंक बनाएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्रशिक्षक भएदेखि नेपाली खेलाडीको खेलमा सुधार आएको छ । अलमुताइरले नेपाली टोलीमा ठूला टोलीसँग रहेको डर हटाउने गरिरहेको प्रयत्न अहिले खेलमा देखिन थालेको छ । नेपाली खेलाडीहरु पहिलो हाफमा रक्षात्मक खेले पनि दोस्रो हाफमा खुलेर खेलेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker