कोरोनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न चुनौती : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न चुनौती थपिएको बताउनुभयो ।

नेपाल धितोपत्र बोर्ड वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा महामारीको प्रभावले दिगो विकासको लक्ष्य प्राप्तिमा समेत चुनौती थपिएको उल्लेख छ ।

महामामारी नियन्त्रणका लागि सरकारले सम्पूर्ण स्रोत, साधन र संयन्त्र परिचालन गरी अघि बढिरहेकाले सकारात्मक आर्थिक विकासको बाटोमा मुलुक अग्रसर रहेको सन्देशमा भनिएको छ ।

अहिलेको महामारीमा पनि मुलुकको वित्तीय क्षेलाई गतिशील बनाउन र लगानीकत्र्ताको उच्च बनोबल बढाउन पूँजी बजारमा भइरहेको विद्यमान क्रियाकलाप महत्वपूण भएको सन्देशमा भनिएको छ ।

आगामी दिनमा धितोपत्र बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारको विश्वसनीय एवं गतिशील विकास तथा विस्तार मार्फत् देशको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker