मन्त्रिपरिषद विस्तारबिरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तार बिरुद्ध परेको रिटमा आज सुनुवाई सुरु हुँदै छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठसमेतले मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।

अदालतले भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने गरी पेशी तोकेको छ । चुनाव घोषणा भइसकेको अवस्थामा जेठ २१ गते कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठन असंवैधानिक भएको भन्दै उहाँहरुले रिट निवेदन दर्ता गराउनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker