सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

विराटनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उहाँको पक्षमा बहुमत पुगेको हो ।

मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो ।

यस्तै १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।

प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद छन् । तीमध्ये ७ जनामात्र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका छन् । यस्तै काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker